२०८३ बैशाख ३१ गते , विहीबार

राप्रपाले भद्रपुरमा अर्को वडा जित्यो, ७ नम्बर वडाध्यक्षमा ढुङ्गाना निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ३ गते , मंगलबार
राप्रपाले भद्रपुरमा अर्को वडा जित्यो, ७ नम्बर वडाध्यक्षमा ढुङ्गाना निर्वाचित

झापा । राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडा अध्यक्ष पनि जितेको छ । राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडा अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोषराज पौडेललाई १३९ मतान्तरले हराउँदै राप्रपाका ढुङ्गाना वडा अध्यक्षमा निर्वाचित भएका हुन् । ढुङ्गानाले ११९१ र पौडेलले १०५२ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका माओवादी उम्मेदवार पुष्पालाल राजवंशी ७८५, मङ्गोल नेशनल अर्गनाइजेसनका दिल कुमार राई ३५, मौलिक जरोकिलो पार्टीका दीपेन्द्र घिमिरे २७ र राष्ट्रिय जनमुक्ति पार्टीका बैसागु राजवंशी ६ मत ल्याएका छन् ।

 ७ नम्बर वडा एमालेको गढ हो । वडा अध्यक्षबाहेक सबै सदस्य एमालेले जितेको छ । वडा सदस्यमा एमालेका कुपित नारायण राजवंशी १०२२, केदार प्रसाद निरौला ९८४, सीता देवी ढकाल १०९५ र विभा पासवान ११३७ मत ल्याएर निर्वाचित भएका छन् । यता राप्रपाले स्थानीय तह सदस्य निर्वाचनमा पहिलो पटक नगरमा वडा अध्यक्ष पद जितेको हो । त्यो पनि वडा नम्बर ३ र ७ मा । ३ नम्बरमा राप्रपाले प्यानल नै जितेको हो । 

सम्बन्धित समाचार