२०८३ बैशाख ३१ गते , विहीबार

कनकाई मेयरमा एमालेका पोखरेल पुनः निर्वाचित, उपमेयरमा कांग्रेसकी शर्मा विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ३ गते , मंगलबार
कनकाई मेयरमा एमालेका पोखरेल पुनः निर्वाचित, उपमेयरमा कांग्रेसकी शर्मा विजयी

झापा । कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्। पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २०१२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन्।  चिमरियाले ६६६१ मत ल्याएका छन्।

त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत, राप्रपाका २२०५ र विवेकशील पार्टीका भीम प्रसाद अधिकारी १८४ मत ल्याएका छन्। त्यस्तै, नगरपालिकाकी उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन्।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १८६८ मतान्तरले पराजित गरेकी हुन्। नगरपालिकाकी निवर्तमान उपमेयर रहेकी प्रसाईँले ८८४५ मत ल्याएकी छिन्।

त्यस्तै, राप्रपाकी सचित्रा खनाल १६९५, नेकपा एकीकृत समाजवादीकी अम्बिका देवी महत ६२० र विवेकशील साझा पार्टीकी अम्बिका चापागांई ११७ मत प्राप्त गरेकी छिन्।

वडातर्फ कनकाई-१ मा एमालेका सुशील कुमार पोखरेल, २ मा एमालेका बलराम राई, ३ मा एमालेका युवराज चम्लागाई, ४ मा एमालेका रोशन सुवेदी, ५ मा एमालेका कृष्ण बहादुर राई, ६ मा एमालेका दीर्घ बहादुर थापा, ७ मा कांग्रेसका भिष्मभुषण सिटौला, ८ मा कांग्रेसका लीला बहादुर कटुवाल र ९ मा एमालेका राजेन्द्र प्रसाद उप्रेती निर्वाचित भएका छन्।  कनकाईमा नगरपालिका एमालेले बहुमत ल्याएको छ।

सम्बन्धित समाचार