२०८३ बैशाख ३१ गते , विहीबार
झापा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित
झापा । झापा गाउँपालिकामा भूइँकटहरले अर्को वडा पनि जितेको छ । भूइँकटहर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशीले वडा नम्बर ५ को वडाध्यक्ष जितेका हुन् ।
जेब्रा चुनाव चिन्ह भएका अर्का स्वतन्त्र उम्मेदवार अबेदुल मियालाई ७७ मतान्तरले हराउँदै राजवंशीले विजय हासिल गरेका हुन् । राजवंशीले ४८४ र मियाले ४०७ मत ल्याएका छन् । सदस्यमा भने नेपाली कांग्रेसले जितेको छ ।
खुल्ला सदस्यमा काँग्रेसका सादेक शेक ४४३, विजयप्रसाद राजवंशी ४०८ , महिला सदस्यमा लक्ष्मीकुमारी गणेश ४४५ र दलित महिला सदस्यमा देबकी राजवंशी मण्डल ३९७ मत ल्याएर निर्वाचित भएका छन् । यसअघि झापा गाउँपालिकाको ३ नं वडाको वडाध्यक्ष पनि भूइँकटहर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवारले जितिसकेका छन् ।