२०८३ बैशाख ३१ गते , विहीबार
शिवसताक्षी-३ मा गठबन्धनबाट वडा अध्यक्ष निर्वाचित
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार भास्कर न्यौपाने विजयी भएका छन् । उनी १ हजार १२९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नकलमान सेर्माले ८२८ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्यमा नेकपा एमालेकी मुना तामाङ १ हजार ६, दलित महिला सदस्यमा तीर्थ दर्जी ९ सय ६४ र खुल्ला सदस्यमा लासाङ तामाङ ९ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै खुल्ला सदस्य २ चिन्हमा गठबन्धनतर्फका काँग्रेसका उम्मेदवार शेखर राई ९ सय ६० मत प्राप्त गरी विजयी भएका छन् ।