२०८३ बैशाख ३१ गते , विहीबार

झापा गाउँपालिकामा कांग्रेसले जित्यो वडाध्यक्ष, सदस्य सबै एमाले

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
झापा गाउँपालिकामा कांग्रेसले जित्यो वडाध्यक्ष, सदस्य सबै एमाले

झापा गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ९२८ मत प्राप्त गरी कांग्रेसका नविनकिशोर थापा निर्वाचित भएका हुन् । उनले एमालेका हिमबहादुर कार्कीलाई हराए । कार्कीले ८५७ मत पाएका छन् ।

वडाध्यक्षमा कांग्रेस आएपनि बाँकी सबै सदस्य पद भने एमालेले जितेको छ । खुल्ला सदस्यमा फणिन्द्रप्रसाद खरेल ९०८,सोमनाथ प्रसाई ८९८, महिला सदस्यमा हेमा राई ९६९ र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा ९८० मत ल्याएर विजयी भएका छन् ।

सम्बन्धित समाचार