२०८३ बैशाख ३१ गते , विहीबार

अर्जुनधारा- ५ मा काँग्रेसले जित्यो वडाध्यक्ष

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
अर्जुनधारा- ५ मा काँग्रेसले जित्यो वडाध्यक्ष

अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गिताराज खड्का निर्वाचित भएका छन् ।
१७७१ मत प्राप्त गरेका खड्काले नेकपा एमालेका डम्बरकुमार घिमिरेलाई १२४ मतले हराएका हुन् । घिमिरेले १६४७ मत ल्याएका छन् ।त्यस्तै खुल्ला सदस्यमा कांग्रेसकै विष्णुप्रसाद कँडेल १५७८ मतसहित निर्वाचित भएका छन् ।

त्यसबाहेक तीनवटा सदस्य पद भने एमालेले जितेको छ । अर्का खुल्ला सदस्यमा एमालेका लक्ष्मीप्रसाद खनाल १५२६, महिला सदस्यमा मुना खत्री १५२७ र दलित महिला सदस्यमा रिता नेपाली १६७४ मतले विजयी भएका छन् । यसअघि अर्जुनधाराको १,२,३ र ४ नं वडाको वडाध्यक्ष कांग्रेसले जितिसकेको छ ।

सम्बन्धित समाचार