२०८३ बैशाख ३१ गते , विहीबार
शिवसताक्षी- ३ मा कांग्रेसका न्यौपाने वडाध्यक्षमा निर्वाचित
झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने निर्वाचित भएका छन् । ११२९ मत ल्याएका न्यौपानेले एमालेका नकलमान लिम्बूलाई २९१ मतले पछि पारे । लिम्बूले ८२८ मत पाएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा कांग्रेसकै शंखर राई ९६० मतसहित विजयी हुँदा अर्का खुल्ला सदस्यमा एमालेका लासाङदोर्जे तामाङ ९१९ मतले निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा एमालेका मुनाकुमारी तामाङ १००६ र दलित महिला सदस्यमा एमालेकै तिर्थ दर्जी ९६४ मतसहित निर्वाचित भएका छन् ।