२०८३ बैशाख ३१ गते , विहीबार

काँग्रेस नेता सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ५ गते , विहीबार
काँग्रेस नेता सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित

झापा । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित भएको छ । सिटौलाको वडा भद्रपुर- १० हो । उनको मतदान केन्द्र पनि त्यही पर्छ । सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन् । 
खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ मत ल्याएका छन् । त्यस्तै राप्रपाका खेमराज भट्टराई ७०६, राष्ट्रिय जनमुक्ति पार्टीका धाक्रु राजवंशी ३६ र जसपाका निर बहादुर राई २७ मत ल्याएका छन् । 
वडा सदस्यमा एमालेका तुलसी पोख्रेल १४८८, दुर्गा प्रसाद दाहाल १३०४, संगीता ढकाल १४६४ र कमला आछामी १५०३ मत ल्याएर निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित भएको थियो । 
 

सम्बन्धित समाचार