२०८३ बैशाख ३१ गते , विहीबार

एमालेको लालकिल्ला मेचीनगर- १४ मा गठबन्धनका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
एमालेको लालकिल्ला मेचीनगर- १४ मा गठबन्धनका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

मेचीनगर नगरपालिका वडा नम्बर- १४ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार  वडा अध्यक्षमा निर्वाचित भएका छन् ।  गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बाबुलाल सुब्बा वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शङ्कर पोखरेल रहेका थिए । सुब्बाले ११७ मतान्तरले पोखरेललाई पछि पार्दै निर्वाचित भएका हुन् । सुब्बाले १३८१ मत ल्याउँदा पोखरेलले १२६४ मत ल्याएका छन् । 

पोखरेल सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए । एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपालि सुब्बाले पोखरेललाई पराजित गरे। निर्वाचित भएका सुब्बा कराते खेलका अन्तर्राष्ट्रिय पदक प्राप्त नेपाली खेलाडी हुन् । उनी सामाजिक सेवामा पनि अग्रणी छन् ।

सम्बन्धित समाचार