२०८३ बैशाख ३१ गते , विहीबार
एमालेलाई पछि पार्दै दमकमा गठबन्धन उम्मेदवारको अग्रता
झापा । नेकपा एमालेका पछि पार्दै दमक नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । नगरको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयर पदमा राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका रामकुमार थापा ७१५ मतान्तरले अग्रता लिएका छन् ।
राप्रपाका थापाले १४ हजार १७५ मत ल्याउँदा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ४६० मत ल्याएर पन्छाइरहेकी छिन् । त्यस्तै उपमेयर पदमा राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका रेगिना भट्टराईले २९७ मतले अग्रता लिएकी छिन् । काँग्रेसकी भट्टराईले १३ हजार ५९६ मत ल्याउँदा एमालेका अम्बिका प्रसाद खनाल १३ हजार २९९ मत ल्याएर पन्छाइरहेका छन् ।