२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोड- ४ मा एमालेका शर्मा वडा अध्यक्षमा निर्वाचित
बिर्तामोड नगरपालिका–४ मा नेकपा एमालेका राहुल शर्मा वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली काँग्रेसका वडाध्यक्षका प्रत्याशी कूलप्रसाद सङ्ग्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल विजयी भएको हो ।
मतगणनाको अन्त्यतिर अग्रता लिएका राहुलले १८१३ मत प्राप्त गरेका छन् । सङ्ग्रौलाले १७२० मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्बर–४ बाट सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर विजयी भएका थिए । मारवाडी समुदायका ३३ वर्षीय युवा राहुल राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् ।