२०८३ बैशाख ३१ गते , विहीबार

माओवादी केन्द्र भद्रपुरले दियो निर्वाचित जनप्रतिनिधिलाई बधाई र मतदातालाई धन्यवाद

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
माओवादी केन्द्र भद्रपुरले दियो निर्वाचित जनप्रतिनिधिलाई बधाई र मतदातालाई धन्यवाद

नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीले भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नगरमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएको छ । केन्द्रले सँगै पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारलाई सम्मानजनक मत प्रदान गरेकोमा धन्यवाद दिएको छ ।

पार्टीका नगर अध्यक्ष तथा उपप्रमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बैशाख ३० गते सम्पन्न भएको भद्रपुर नगरपालिकाको निर्वाचनमा हाम्रो पार्टी नेकपा ९माओवादी केन्द्र० का हंशधर राजवंशीलाई वडा नम्बर ४ को वडाध्यक्षमा र सविता पुरीलाई वडा सदस्यमा उनीहरूले वडामा अघिल्लो कार्यकालमा गरेका कामलाई उच्च मूल्याङ्कन गरी पुनः निर्वाचित गरेकोमा सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

पार्टीले नगरको उपप्रमुख तथा पार्टीबाट उम्मेदवार भएका सबै वडाध्यक्ष र वडा सदस्यलाई सम्मानजनक मत दिई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गरी उपविजेता बन्ने अवसर दिएको आभार प्रकट गरेको छ । ‘आफ्नो राजनीतिक स्तरको उपयोग गरी समाज सेवा, नगर र नगरवासीको सेवामा निरन्तर लाग्ने प्रेरणा प्रदान गरिदिनु भएकोमा उच्च सम्मानका प्रकट गर्दछौँ’– विज्ञप्तिमा भनिएको छ ।

पार्टीले नगरवासी, गठबन्धनका शीर्षस्थ नेतृत्व गण, कार्यकर्ता, शुभचिन्तक, स्थानीय प्रशासन, सुरक्षाकर्मी, पत्रकार, निर्वाचन कर्मचारी, पार्टीका निर्देशनलाई अक्षरशः पालना गरी इमानदारिता साथ अहोरात्र खट्नु हुने सबै प्रति धन्यवाद दिएको छ ।

‘जो चुनिए पनि नगरका निम्ति नगरवासी नै चुनिने हो । त्यसकारण विजय हुनु भएका सबैबाट मैले सुखद अनुभूति नै प्राप्त गरेको छु’, उपविजेता राजभण्डारीले भने, ‘विजेता बन्नु भएका नगर प्रमुख नेपाली काँग्रेसका गणेश पोखरेल, नगर उपप्रमुखमा राप्रपाकी राधा कार्कीसहित सबै वडा अध्यक्ष र वडा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’

गणितीय जोड घटाउको चुनावी परिणाममा हार देखिए आफ्नो राजनीतिक, सामाजिक स्तर प्रयोग गरी सयौँ बिरामी बचाउन, दैविक तथा प्राकृतिक प्रकोपमा सहयोगी बन्न, कोरोना महामारीमा सहयोग पुर्‍याउन, साना किसान सहकारीमा किसानका हित र रोजगारी सिर्जना गर्नमा सहयोग पुर्‍याउन, शैक्षिक सुधारका कार्य लगायतमा नगरवासी पर्याप्त माया र सहयोग पाएको उनले बताए । 

‘साथ, सहयोग, माया र ममतालाई मेरो राजनीतिक जीवनको सफलताको रूपमा लिएको छु’, उनले भने, ‘सर्वसाधारणदेखि उच्च बौद्धिक व्यक्तित्वहरूबाट आफू ग्यारेन्टिबसी हामीलाई मत दिन मतदातालाई प्रेरित गर्नु भएका ऐतिहासिक क्षणहरू हाम्रा लागि सधैँ मानव सेवामा लाग्ने प्रेरणाको स्रोतहरू हुनेछन्, आगामी दिनमा पनि सल्लाह, सुझाव, सहयोग लिई यहाँहरूकै काख र साथमा रही आफ्नो राजनीतिक, आर्थिक, सामाजिकस्तरको सदुपयोग गरी नगर र नगरवासीको सेवामा अझ बढी सक्रियताका साथ लागि रहने प्रण गर्दछौँ ।’

सम्बन्धित समाचार