मेचीनगर- १३ को वडा अध्यक्षमा एमाले र १५ मा काँग्रेसमा निर्वाचित
झापा । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल १३०६, दलित महिला सदस्यमा रीता परियार १४०५, खुला सदस्यतर्फ रविन्द्र न्यौपाने १२९४ र ऋषिराज राजबंशी ११५५ मत ल्याएर निर्वाचित भएका हुन् । वडाध्यक्ष सिग्देलले १४१६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ११७८ मत प्राप्त गरेका थिए । सिग्देलले यसअघि पनि वडाध्यक्षको जिम्मेवारी समालिसकेका छन् ।
यसअघि एमालेले मेचीनगर–२ तथा १ र ३ नम्बर वडामा वडाध्यक्षसहित प्यानलै जीत हासिल गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले मेचीनगरको वडा नम्बर १५ बाट वडाध्यक्ष पदमा बिजयको खाता खोलेको छ । नेकपा एमालेका मुरलीधर कोइरालालाई पराजित गर्दै कांग्रेसका गुणराज भट्टराई राजन वडाध्यक्ष पदमामा पुनः नर्विाचति भएका हुन् । कांग्रेसका भट्टराईले एमालेका कोइरालाको भन्दा ३५१ मत बढी प्राप्त गरेका छन् । भट्टराईले १५३५ मत ल्याएका छन् भने कोइरालाले ११८४ मत प्राप्त गरेको नर्विाचन अधकिृतको कार्यालय मेचीनगरले जनाएको छ । भट्टराई यसअघ पनि वडाध्यक्ष थिए ।