२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोड- ६ को वडाध्यक्षमा काँग्रेसका कन्दङ्वा पुनः निर्वाचित
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सूर्यप्रसाद कन्दङ्वा पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका बुद्धिराम भट्टराईलाई ५९७ मतले पराजित गरी कन्दङ्वा दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । कन्दङ्वाले १२८३ मत ल्याउँदा भट्टराई ९८६ मतमा सीमित रहे ।त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका जीवन सापकोटा ११७९ , एमालेका खेम अधिकारी १०५९ , महिला सदस्यमा काँग्रेसकी गीता रेग्मी १०८२ र दलित महिला सदस्यमा काँग्रेसकी शोभा विक ११२९ मतले निर्वाचित भएका छन् ।