२०८३ बैशाख ३१ गते , विहीबार
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा ६ दलीय गठबन्धनका थापा मेयरमा विजयी
झापा । दमक नगरकालिकाको प्रमुख राप्रपाले जितेको छ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।
थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो। राप्रपाले यस अघि झापाको हल्दिबारीको अध्यक्ष र काठमाडौं शंकरापुरको मेयर जितेको थियो।