२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमाले निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ ६ गते , शुक्रबार
बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमाले निर्वाचित

 झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतारा र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी बनेका हुन् । महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी छन् । उनले १६ हजार ५२० मत प्राप्त गर्दा सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपप्रमुखमा संग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादीका सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । यसअघिको कार्यकालमा बिर्तामोडको उपप्रमुख रहेकी महतारा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् ।

सम्बन्धित समाचार