२०८३ बैशाख ३१ गते , विहीबार

देशभर ६६८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

sajilo news
झापा
२०७९ जेष्ठ ६ गते , शुक्रबार
देशभर ६६८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ६६८ स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ। वैशाख ३० गते मतदान भएका स्थानीय तहमध्ये महानगर र उपमहानगरबाहेकको अन्तिम नतिजा आइसकेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले २९९ पालिका प्रमुख जितेर पहिलो दल बन्न सफल भएको छ। अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमाले भने १८३ पालिका जितेर दोस्रोमा खुम्चिएको छ। 

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्रले भने ०७४ को निर्वाचनभन्दा सुधार गर्दै ११४ सिट जितेको छ। नेकपा एकीकृत समाजवादी भने २४ स्थानीय तहमा निर्वाचित भएको छ। 

अब ६ वटा महानगर र ११ वटा उपमहानगरसहित पछि मतदान भएका र विवादित पालिकाहरूको मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित समाचार