२०८३ बैशाख ३१ गते , विहीबार
विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की निर्वाचित
मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन्। महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्की विजयी भएका हुन्।
कोइरालाले ३० हजार १७० मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन्। यस्तै कार्कीले २५ हजार ६८० मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जसपका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरेका छन् ।