२०८३ बैशाख ३१ गते , विहीबार
सूर्योदय नगरपालिकाको मेयरमा एसका राई र उपमेयरमा काँग्रेसका बराल विजयी
इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा काँग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।