२०८३ बैशाख ३१ गते , विहीबार
उम्मेदवार पराजित भएपछि काँग्रेस वडा सभापतिद्वारा पार्टी परित्यागको घोषणा
स्थानीय तहको निर्वाचनमा वडाबाट उम्मेदवारी दिएका पार्टीका उम्मेदवारले पराजय व्यहोरेपछि नेपाली काँग्रेस बिर्तामोड ८ का वडा सभापतिले पार्टी परित्याग गरेका छन् । वडा सभापति उत्तम कटुवालले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये १,२,३,४,७ र ९ नेकपा एमालेले जित हासिल गरेको छ भने ५, ६ र १० मा काँग्रेस विजयी भएको छ ।
यस्तै वडा नम्बर ८ मा राप्रपाको प्यानल नै विजयी भएको छ । सो वडामा निर्वाचन लडेका काँग्रेसका उम्मेदवार चिरञ्जीवी कार्की पराजित भएका छन् । आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमार्फत उनले वडा सभापति र साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।