२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोडको वडा सदस्यमा हारेपछि खत्रीले त्यागे काँग्रेस
बिर्तामोड नगरपालिका वडा नम्बर ६ को वडा सदस्यमा हारेपछि एन्बिन्द्र खत्रीले नेपाली काँग्रेस परित्यागको घोषणा गरेका छन् निवर्तमान वडाध्यक्ष खत्री यस पटकको निर्वाचनमा १०५३ मत ल्याएर पराजित भएका हुन् । खुल्ला सदस्यमा काँग्रेसकै जीवन बाँसकोटा ११७८ र एमालेका खेमनाथ अधिकारी १०५८ मतसहित निर्वाचित भएका थिए । वडा अध्यक्षसहित चार वटा पद कांग्रेसले जितिरहँदा काँग्रेसकै खत्रीले भने हार व्यहोरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत अब आफू नेपाली काँग्रेस पार्टीबाट अलग रही स्वतन्त्र तरिकाले काम गर्ने बताएका छन् । आफूलाई हराएकोमा गुनासो गर्दै उनले भनेका छन् , ‘यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मलाई भोट दिने सम्पूर्ण साथीभाइमध्ये केही साथीहरूको मन जित्न बाँकी रहेछ ।’