२०८३ बैशाख ३१ गते , विहीबार
ठूला दलका उम्मेदवारलाई हराउँदै धरानको मेयरमा हर्कराज साम्पाङले मारे बाजी
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका हुन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे।
यस्तै, साम्पाङले नेपाली कांग्रेसका किशोर राईको भन्दा करिब ५ हजारको अग्रताले हासिल गरेका छन्। राईले १६ हजार ५९ मत प्राप्त गरे। यस्तै मेयरकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत प्राप्त गरिन्।
त्यस्तै, उममेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा विजयी बने। उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे ।