२०८३ बैशाख ३१ गते , विहीबार
गौरादह- ८ मा गठबन्धनबाट माओवादीको प्यानल नै निर्वाचित
गौरादह नगरपालिका वडा नम्बर- ८ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) को प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका गणेश कुमार राजवंशी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिराज पोखरेललाई २४९ मतान्तरले पराजित गर्दै माओवादीका राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
राजवंशीले १ हजार ३१४ मत ल्याउँदा पोखरेलले १ हजार ३४ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा माओवादीका होम प्रसाद ढकाल ११९५, लालचन राजवंशी ११५९, हेमनसरी राजवंशी १२३८ र दुखवति सरबरिया १२९१ मत ल्याएर निर्वाचित भएका छन् ।