२०८३ बैशाख ३१ गते , विहीबार

कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमाले विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ८ गते , आईतबार
कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमाले विजयी

कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका हुकुम सिंह राई र उपाध्यक्षमा नेकपा ९एमाले०की प्रमिला न्यौपाने निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सँगै चुनावी तालमेल गरेका कांग्रेसका हुकुम सिंहले निकटतम प्रतिस्पर्धी एमालेका भीम प्रसाद राईलाई ३ हजार २१५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।​

हुकुम सिंहले १२ हजार ८६८ मत ल्याउँदा भीमले ९ हजार ६५३ मत ल्याएका छन्। अध्यक्ष पदका उम्मेदवार राप्रपाका विक्रम अधिकारीले ७८२, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर लिम्बूले ८६, लोकतान्त्रिक समाजवादी पार्टीका अशोक घिमिरेले ६२, मौलिक जरोकिलो पार्टीका नारायण प्रसाद रिजालले ८ र स्वतन्त्र भीम कुमार राईले १ मत ल्याएका छन्।

त्यस्तै उपप्रमुख न्यौपानेले निकटतम प्रतिस्पर्धी माओवादीका परशुराम सुवेदीलाई २ हजार ४७४ मतान्तरले पराजित गरिन्। न्यौपानेले १० हजार ८४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३७१ मत ल्याएका छन्।

राप्रपाकी तारादेवी अधिकारीले १ हजार ६४०, मङ्गोल नेशनल अर्गनाइजेसनकी जमुना चेम्जोङ्गले २३६, स्वतन्त्र गणेश वान्तवा राईले ११४, नेपाल समावेशी पार्टीका राम बहादुर थापाले ३३, स्वतन्त्र खगेन्द्र प्रसाद दाहालले २४ र स्वतन्त्र सन्तोष कुमार राईले ३ मत ल्याएका छन्।

त्यसैगरी गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका केदार कटुवाल, वडा २ मा एकीकृत समाजवादीका अशोक सुब्बा, वडा ३ मा एमालेका अग्नी प्रसाद कोइराला, वडा ४ मा एमालेका चन्द्र प्रसाद भट्टराई, वडा ५ मा माओवादीका लाल बहादुर विष्ट, वडा ६ मा एमालेका नरेन्द्र भट्टराई र वडा ७ मा एमालेका पृथ्वीपती राई वडा अध्यक्षमा निर्वाचित भएका छन्।

सम्बन्धित समाचार