२०८३ बैशाख ३१ गते , विहीबार

हल्दिबारीका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरदैलोमार्फत स्वास्थ्य सेवा दिने अध्यक्ष लिङदेनको निर्णय

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ९ गते , सोमबार
हल्दिबारीका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरदैलोमार्फत स्वास्थ्य सेवा दिने अध्यक्ष लिङदेनको निर्णय

झापा । हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मी देवी मैनालीसहित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गरेका छन् । 

शपथ ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले दुई वटा महत्त्वपूर्ण निर्णय गरेका छन् । उनले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएका नागरिकहरूलाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घरभेट मार्फत घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने र मनसुन सुरु हुन लागेकोले गाउँपालिकाभित्रका सडकहरू तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा नवनिर्वाचित २७ जना जनप्रतिनिधिहरूले शपथ खाँदै आजैदेखि आआफ्नो जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा राप्रपाको एकल बहुमत रहेको छ ।

सम्बन्धित समाचार