२०८३ बैशाख ३१ गते , विहीबार

अपाङ्गता र विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्ने गरी वडाध्यक्ष वाग्लेले सम्हाले पदभार 

sajilo news
झापा
२०७९ जेष्ठ ९ गते , सोमबार
अपाङ्गता र विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्ने गरी वडाध्यक्ष वाग्लेले सम्हाले पदभार 

स्थानीय तह निर्वाचनको परिणाम आएसँगै झापामा जनप्रतिनिधिहरूले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न शपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्। वडा सचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो ।

नवनिर्वाचित अध्यक्ष वाग्लेले वडामा परेको एक निवेदनमा तोक लगाउँदै काम सुचारु भएको घोषणा गरेका थिए। वडामा रहेका अपाङ्गता भएका नागरिक र अति विपन्न परिवारलाई छनौटका आधारमा स्वास्थ्य बिमा गर्ने गरी उनले निवेदनमा हस्ताक्षर गरेका हुन्।

उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। वाग्लेसँगै सदस्यहरूमा तुलसा खतिवडा रेग्मी, लक्ष्मी कँडेल, मोहनकुमार राई, सुमित्रा रसाइलीले पनि कार्यभार जिम्मा लिएका छन्।

सम्बन्धित समाचार