२०८३ बैशाख ३१ गते , विहीबार

मेचीनगरमा एमालेको वर्चस्व, मेयरमा बुढाथोकी र उपमेयरमा पोखरेल निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ १० गते , मंगलबार
मेचीनगरमा एमालेको वर्चस्व, मेयरमा बुढाथोकी र उपमेयरमा पोखरेल निर्वाचित

मेचीनगर नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जित हासिल गरेको छ । ६३ हजार २८१ मत गणना हुँदा एमालेका नगरप्रमुखका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५ हजार १६७ मतले पराजित गरेका हुन् । इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३ हजार ८९५ मत पाएका छन् ।

त्यस्तै एमालेबाट उपप्रमुखकी उम्मेदवार मिना पोखरेल उप्रेती २१ हजार ५९० मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धीहरू गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ र राप्रपाकी सविना बजगाईँले ९ हजार ८८० मत प्राप्त गरेका छन् ।

नगरको १५ वटा वडाको परिणाम घोषणा भइसकेको छ । जसमध्ये माओवादी केन्द्रले १४ नम्बर वडा, कांग्रेसले ६, ८ र १५ नम्बर वडा जितेको छ । यसैगरी एमालेले ११ वटा वडा जितेको छ । एमालेले १, २, ३, ४, ५,७ , ९ , १०, ११, १२ र १३ नम्बर वडा जितेको हो ।सम्पूर्ण उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ ।

सम्बन्धित समाचार