२०८३ बैशाख ३१ गते , विहीबार

पुनः मतगणनाबाट गौरीगञ्ज- १ को वडाध्यक्षमा राजवंशी विजयी

sajilo news
झापा
२०७९ जेष्ठ १० गते , मंगलबार
पुनः मतगणनाबाट गौरीगञ्ज- १ को वडाध्यक्षमा राजवंशी विजयी

मत बराबरी भएर विवाद हुँदा पुनः मतगणनाबाट गौरीगञ्ज गाउँपालिका वडा नं १ को अध्यक्षमा कार्तिकलाल राजवंशी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

पुनः मतगणना गर्दा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राजवंशी ८ मतको अन्तरले विजयी भएका हुन् । उनले ११८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पर्शुराम काफ्लेले ११८० मत प्राप्त गरेका छन् । उक्त वडामा ३ हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख थियो । तर,सम्पन्न मतगणनामा मत सङ्ख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै काँग्रेसका प्रतिनिधिले धाँधली भएको आशङ्कासहित विरोध जनाएका थिए ।

विवादका बीच मतदान अधिकृतको कार्यालयले ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो । सार्वजनिक मत परिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा काँग्रेस र एमालेका उम्मेदवारको मत सङ्ख्या बराबर १ हजार १ सय ८१ भएको जनाइएको थियो । त्यसपछि पुनः मतगणना भएको थियो ।

सम्बन्धित समाचार