२०८३ बैशाख ३१ गते , विहीबार
झापामा थप चार पालिकाका प्रमुखले खाए शपथ
झापामा थप चार पालिकाका प्रमुखले शपथग्रहण गरेका छन् । कमल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र मेचीनगर, गौरादहका प्रमुखले बिहीबार शपथग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष फुलवती राजवंशी, कमलका अध्यक्ष हुकुमसिंह राई, गौरादहका प्रमुख छत्रपति सुवेदी र मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले शपथग्रहण गरेका छन् ।
यसअघि जिल्लाका ११ पालिकाका प्रमुखले मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएका थिए । आज ४ जनाले शपथ लिएसँगै १५ पालिकाका प्रमुख, अध्यक्षले शपथ लिएका छन् । अब, ४ पालिकाका अन्य जनप्रतिनिधिहरूलाई प्रमुखहरूले शपथ गराउने छन् ।