२०८३ बैशाख ३१ गते , विहीबार

कमल गाउँपालिकाको पदभार ग्रहण गर्दै अध्यक्ष हुकुमसिंहले गरे यस्तो निर्णय 

sajilo news
झापा
२०७९ जेष्ठ १२ गते , विहीबार
कमल गाउँपालिकाको पदभार ग्रहण गर्दै अध्यक्ष हुकुमसिंहले गरे यस्तो निर्णय 

झापाको कमल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुकुमसिंह राईले आज बिहीबार पदभार ग्रहण गर्दै महत्त्वपूर्ण निर्णयहरू लिएका छन्। 
जिल्ला अदालत झापामा जिल्ला न्यायाधीश गिरिराज गौतमबाट शपथ लिएर सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनले गाउँपालिकाको प्रशासनिक भवन निर्माण हालकै स्थान क्याम्पामा सुरुआत गर्ने, स्थानीय स्वास्थ्य संस्थालाई नै स्तरोन्नति गरी आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बिमाको कार्यक्रम सुरु गर्ने र चालू आर्थिक वर्ष भित्रै गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने निर्णय लिएका छन्।


प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले अध्यक्ष राईले लिएका महत्त्वपूर्ण निर्णयको अभिलेखीकरण गरिएको जानकारी दिए। त्यस अघि अध्यक्ष राईलाई प्रमुख प्रशासकीय अधिकृत सहित कार्यरत कर्मचारीहरूले स्वागत गरेका थिए। अध्यक्ष राईको कार्यकक्षमा बधाई दिन स्थानीय तथा शुभेच्छुक समर्थकहरू पुगेका थिए। 
सो गाउँपालिकाका उपाध्यक्षसहित सबै जनप्रतिनिधिहरूलाई अध्यक्ष राईले भोलि शुक्रवार गाउँपालिकामा औपचारिक कार्यक्रमका बिच शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रशासकीय अधिकृत राईले जानकारी दिए।

सम्बन्धित समाचार