२०८३ बैशाख ३१ गते , विहीबार

माओवादीका बिर्तामोड नगर इन्चार्ज दाहालले दिए पदबाट राजीनामा

sajilo news
झापा
२०७९ जेष्ठ १४ गते , शनिबार
माओवादीका बिर्तामोड नगर इन्चार्ज दाहालले दिए पदबाट राजीनामा

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन् ।  माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त गठबन्धनबाट बनेका उम्मेदवारहरू पराजित बनेपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ‘शर्मनाक’ पराजय भएको भन्दै त्यसको जिम्मेवारी लिँदै दाहालले पदबाट राजीनामा दिएका हुन् ।  उनले प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पेस गरेका छन् । पार्टीको तर्फबाट उम्मेदवार भएका कसैलाई पनि निर्वाचित गर्न नसकिएको भन्दै उनले पदबाट राजीनामा दिएको बताएका छन् ।  नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिए पनि पार्टीको आन्दोलन, जनता र राष्ट्रको हितमा विगत २ दशकदेखिको यात्रामा कमी नहुने युवा नेता दाहालले बताएका छन् ।

 

सम्बन्धित समाचार