२०८३ बैशाख ३१ गते , विहीबार
मेयर बालेन साहले गरे पदभार ग्रहण, नगरसभाको बैठक लाइभ गर्ने पहिलो निर्णय
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्। उनले आजै पहिलो बैठक बोलाएर बैठक लाइभ गर्ने निर्णय गरेको बताएका हुन्। यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन्। दुवैले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए।