२०८३ बैशाख ३१ गते , विहीबार

झापामा १७.१८ प्रतिशत मत बदर, कुन पदमा कति भयो बदर ?

sajilo news
झापा
२०७९ जेष्ठ १६ गते , सोमबार
झापामा १७.१८ प्रतिशत मत बदर, कुन पदमा कति भयो बदर ?

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा झापामा १७.१८ प्रतिशत मत बदर भएको छ । प्रमुख , उपप्रमुख , वडा अध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र खुल्ला सदस्यको औसतमा त्यति प्रतिशत मत बदर भएको हो । सबैभन्दा बढी उपप्रमुखको मत बदर भएको छ । कूल ४ लाख ५५ हजार २६८ मत खसेकोमा उपप्रमुखमा ९४ हजार ८५६ मत बदर भएको छ । जुन २०.८४ प्रतिशत हो । त्यस्तै प्रमुखमा १२.७३ प्रतिशत अर्थात् ५७ हजार ९४५ मत बदर भएको छ भने वडा अध्यक्षमा ११.५२ प्रतिशत अर्थात् ५२ हजार ४६३ मत बदर भएको छ । त्यस्तै महिला सदस्यमा ७९ हजार १८८ अर्थात् १७.३९ प्रतिशत , दलित महिला सदस्यमा २०.०३ प्रतिशत अर्थात् ९१ हजार १८४ र खुल्ला सदस्यमा २०.५८ प्रतिशत अर्थात् १ लाख ८७ हजार ३६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७०.४८ प्रतिशत मत खसेको थियो । 

सम्बन्धित समाचार