२०८३ बैशाख ३१ गते , विहीबार
राप्रपा प्रवेश गरेका खड्ग लिम्बु पुनः काँग्रेसमै फर्किए (विज्ञप्तिसहित)
नेपाली काँग्रेस पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका युवा नेता खड्ग लिम्बु पुनः काँग्रेसमै फर्किएका छन् । नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका लिम्बु शनिवार काँग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका थिए । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सदस्यता रसिद दिएर पार्टीमा प्रवेश गरेका थिए ।
आइतबार साँझ लिम्बुले एक विज्ञप्ति जारी गर्दै पुनः काँग्रेसमा फर्किएर आफ्नो पुरानै जिम्मेवारीमा रहेको जनाकारी गराएका छन् । भद्रपुर -२ निवासी लिम्बु तीन दशकदेखि काँग्रेसमा सक्रिय कार्यकर्ता भएर पार्टीको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी झापा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
यस्तो छ विज्ञप्ति
