२०८३ बैशाख ३१ गते , विहीबार

बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध राप्रपा झापाको विरोध प्रदर्शन

sajilo news
झापा
२०७९ असार १ गते , बुधबार
बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध राप्रपा झापाको विरोध प्रदर्शन

देशमा बढ्दो महँगी, भ्रष्टाचार र कुशासनविरुद्ध राप्रपाले झापाको सदरमुकाम भद्रपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । राप्रपाको देशव्यापी पूर्वघोषित कार्यक्रममा अनुसार राप्रपा झापाले विरोध प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । राप्रपा झापाका अध्यक्ष केशव ओझाका नेतृत्वमा पुगेका टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई खबरदारी गरेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, किसानलाई तत्काल मल बीउ उपलब्ध गराउनु पर्ने, कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गराउनु पर्ने, इन्धन र खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धि अविलम्ब रोक्नु पर्ने, महेन्द्र पार्कमा अविलम्ब सरकारको पहलमा पूर्व राजा महेन्द्रको सालिक राख्नु पर्ने छ  । ज्ञापनपत्र बुझाउनुअघि सदरमुकाममा र्‍याली प्रदर्शन गर्दै राप्रपा नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । 

सम्बन्धित समाचार