२०८३ बैशाख ३१ गते , विहीबार

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्धारा फेरि संसद् अवरोध

sajilo news
काठमाडौं
२०७९ असार २ गते , विहीबार
अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्धारा फेरि संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद् अवरुद्ध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज बिहीबारको संसद अवरोध गरेको हो।

एमाले सांसद भानुभक्त ढकालले संसद्‌मा आफ्नो दलको धारणा राख्‍दै पार्टीले अहिलेका अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिनेसमेत बताए। यसअघिका बैठकमा पनि एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो। तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरिसकेका छन्।

सम्बन्धित समाचार