२०८३ बैशाख ३१ गते , विहीबार

चन्द्रगढी खानेपानीको चुनावमा माओवादीले काँग्रेसलाई सघाउने

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
चन्द्रगढी खानेपानीको चुनावमा  माओवादीले काँग्रेसलाई सघाउने

भद्रपुर । आसन्न चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई सघाउने भएको छ । पार्टीले सर्वसम्मत नेतृत्वका लागि पहल गरे पनि सो सम्भव नभएपछि सत्ता गठबन्धन नेतृत्वका दल काँग्रेसलाई सघाउने निर्णयमा पुगेको हो । पार्टीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो निर्णय गरेको जनाएको हो ।

पार्टीका नगर अध्यक्ष शिवराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सर्वसम्मत सेवा भावना भएका समक्ष व्यक्तिहरूको समिति बनाउने हाम्रो प्रस्ताव र प्रयत्न अरू पक्षबाट हार्दिकताका साथ स्वीकार नभए पश्चात् पार्टी र गठबन्धन भई चुनावी प्रतिस्पर्धा गएको कारणले हामीले कुनै न कुनै पक्षलाई समर्थन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यस सन्दर्भमा हामी सरकारको गठबन्धनमा भएको दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय भएकाले गोविन्द लम्सालको नेतृत्वमा रहेको प्रजातान्त्रिक समूहका उम्म्मेदवारहरुलाई अत्यधिक मत दिई विजयी गराइदिन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अपिल गर्दछौँ ।’

सम्बन्धित समाचार