२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोड नगरपालिकालाई माओवादीको २० बुँदे ध्यानाकर्षण पत्र

sajilo news
झापा
२०७९ असार ६ गते , सोमबार
बिर्तामोड नगरपालिकालाई माओवादीको २० बुँदे ध्यानाकर्षण पत्र

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकालाई सोमबार ध्यानाकर्षण गराएको छ । पार्टीको नगर कमिटीले बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईँ र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलालाई २० बुँदे ध्यानाकर्षण पत्र दिएको हो । 

पार्टीका नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटे साथै जिल्ला नेता बासूँ दुलाल, प्रकाश भट्टराईसहितको टोलीले ध्यानाकर्षण प्रदान गरेको हो । 

पार्टीको नगर कमिटीले निवर्तमान नगरको स्थानीय सरकारले विगत ५ वर्ष नेकपा (माओवादी केन्द्र) लाई बाइपास गरेर एकल ढङ्गले दम्बका साथ अघि बढेको  ध्यानाकर्षण पत्रमा जनाइएको छ । नवनिर्वाचित स्थानीय सरकारले त्यस्तो कार्य नगर्ने विश्वासका साथ विकासका कार्यमा साथ सहयोगसहित नगरमा हुने सबै गतिविधिमा माओवादीलाई पनि साथ लिएर अघि बढ्न आग्रह गर्दै ध्यानाकर्षण गराएको हो । 

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘पार्टीले दीर्घकालीन, अल्पकालीन योजना तर्जुमा प्राथमिककरण कार्यशाला सर्वदलीय भेला गत जेठ ३१ गते माओवादीलाई सूचना सम्प्रेषणमा गलत भएको ठहर गरेको छ ।  यस्ता कार्यप्रति निन्दा र भर्त्सना गर्दै आमागाी दिनहरूमा यस्ता क्रियाकलाप सच्याउन समेत अपिल गर्दछौँ ।  माओवादीले नगरले अघि सारेको जनमुखी, राम्रो सकारात्मक नीति तथा कार्यक्रमको साथ र सहयोग गर्ने बताएको छ । त्यस्तै नराम्रा कार्यहरूको विरोध र खबरदारीका साथ प्रभावकारी प्रतिपक्षको भूमिकामा रहने जनाइएको छ । 

सम्बन्धित समाचार