रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन्
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।लामिछानेले भनेका छन्, ’अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’
यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ’राइट टु नो भोट’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताएका थिए ।