२०८३ बैशाख ३१ गते , विहीबार

बरालको नेतृत्वमा जिल्ला समन्वय समिति झापा गठन

sajilo news
झापा
२०७९ असार ९ गते , विहीबार
बरालको नेतृत्वमा जिल्ला समन्वय समिति झापा गठन

जिल्ला समन्वय समिति झापा गठन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले निर्वाचितहरुको घोषणा गरेसंगै समिति गठन भएको हो । जिसस झापामा नेकपा (एमाले)का उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा जिसस प्रमुखमा विश्व बराल र उपप्रमुख शान्ता रोक्का तथा सदस्यहरूमा देवका बस्याल , तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरु निर्विरोध निर्वाचित भएको बिहीबार घोषणा गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार जिसस प्रमुख, उपप्रमुख र सात सदस्य पदका लागि मनोनयन दर्ता भएको थियो । एमालेका उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका थिए् । जिल्लामा एमाले जनप्रतिनिधिहरूको एकल बहुमत रहेकोले अन्य दलबाट कुनै पनि पदमा उम्मेदवारी दर्ता भएन । 

सम्बन्धित समाचार