२०८३ बैशाख ३१ गते , विहीबार

गभर्नर अधिकारीमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

sajilo news
काठमाडौं
२०७९ असार २९ गते , बुधबार
गभर्नर अधिकारीमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ। एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई सहयोग पनि भएन। यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ। गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ। भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो। आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन्। किन कारबाही नगर्ने।’

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले पनि एम अधिकारी एमालेको अर्थ विभागमा बसेको भन्दै कारबाहीको माग गरिन्। उनकै कारण देशको अर्थतन्त्र बिग्रिएको उल्लेख गर्दै शर्माले गम्भीर छानबिनको माग गरिन्। थाहाखबरबाट

सम्बन्धित समाचार