२०८३ बैशाख ३१ गते , विहीबार

झापा-३ बाट चुनाव लड्ने उद्घोष गर्दै राजेन्द्रप्रसाद लिङ्देनले भने- मेरा देवी-देउता यहीँ छन्

sajilo news
झापा
२०७९ श्रावण १८ गते , बुधबार
झापा-३ बाट चुनाव लड्ने उद्घोष गर्दै राजेन्द्रप्रसाद लिङ्देनले भने- मेरा देवी-देउता यहीँ छन्

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाटै चुनाव उठ्ने बताएका छन्। सरकारले आगामी मङ्सिरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन गर्ने बताइरहँदा राप्रपाका अध्यक्ष लिङ्देनले झापा ३ मा बाहेक अन्य विकल्प नरहेको प्रस्टाएका छन्। 

बिर्तामोडमा बुधबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले भने, 'झापा ३ क्षेत्र छोडेर कहाँ जान्छु र ? मेरा देवी देउता त्यहीँ छन्।'   २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रसँग चुनावी तालमेल गरी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले यसपटक पनि गठबन्धन गरेर निर्वाचनमा जाने संकेत गरेका छन्। 

एमालेसँग गठबन्धन गर्ने संकेतत गर्दै उनले भने, 'जित्नका लागि चुनाव लड्ने हो। चुनावमा गठबन्धन बनाउनु स्वाभाविक र प्राकृतिक कुरा हो। आउँदो चुनावमा नचुरेलीरुपमा गठबन्धन बन्दै जान्छ।' 

विचारको आधारमा गठबन्धन नबने पनि त्यसमा विचारको आवरण रहने उनको भनाइ छ। झापा ३ बाट नेपाली कांग्रेसका नेता सिटौला र एमालेबाट दुर्गाप्रसाद  प्रसाईँ चुनाव लड्ने तयारी गरिरहेका छन्।

सम्बन्धित समाचार