२०८३ बैशाख ३१ गते , विहीबार

दुर्गा प्रसाईँले गरे भ्रामक प्रचार, अन्जारा आलमले गरे त्यसको खण्डन

sajilo news
झापा
२०७९ श्रावण २१ गते , शनिबार
दुर्गा प्रसाईँले गरे भ्रामक प्रचार, अन्जारा आलमले गरे त्यसको खण्डन

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँले कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अन्जारा आलमका बारेमा भ्रामक प्रचार गरेका छन् । उनले आलम नेकपा एमालेमा प्रवेश गरेको गलत प्रचार गरेका हुन् । केन्द्रीय सदस्य आलमसहित केही नेता तथा कार्यकर्ताहरूलाई एमाले अध्यक्ष केपी ओली र आफूले पार्टी प्रवेश गराएको भनेर उनले सामाजिक सञ्जालमा अफवाह फैलाएका छन् ।

केही दिनअघि आलम भेट गर्न एमाले अध्यक्ष ओलीकहाँ गएका थिए । सोही तस्बिरलाई दुरुपयोग गरी प्रसाईँले भ्रम फैलाउन खोजेका हुन् । यता आलमले भ्रामक प्रचार बारेमा सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै आफू एमालेमा प्रवेश नगरेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘उक्त विषयमा भन्नु पर्दा व्यक्तिगत भेटघाट भएको र उक्त अवस्थामा खिचेको फोटोलाई नियतवश मेडिकल माफिया दुर्गा प्रसाईँले एमालेमा प्रवेश गर्‍यो भनेर प्रचार गर्नु दुःखद छ । अन्त्यमा मेरो यो फोटो प्रचार भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका सहयोद्धा साथी, नेता, कार्यकर्तामा परेको सन्देशप्रति दुःख मानेर म पूर्णतः पार्टीप्रति कटिबद्ध रहेको समेत प्रण गर्दछु । र म राप्रपा मै छु र जीवनभर राप्रपा मै रहने छु । जय राष्ट्रवाद ।’

 

सम्बन्धित समाचार