२०८३ बैशाख ३१ गते , विहीबार
एमाले अध्यक्ष ओली भदौ २ गते कचनकवल आउँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ २ गते दक्षिणी झापाको कचनकवल गाउँपालिका आउने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुने मिति तोकिएपछि पहिलो पटक गृह जिल्ला आउन लागेको हो ।
ओली भदौ २ गते बिहीबार बिहान ८ बजे चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरी भद्रपुर- १ स्थित हिमाली चोकमा बुबासँग भेटघाट गर्ने र त्यसपछि बनियानी चोकमा ११ बजेको कार्यक्रममा सहभागी हुने अनेरास्ववियु कचनकवलका अध्यक्ष रबिन नेपालले जानकारी दिए । नेकपा एमाले कचनकवल गाउँ कमिटीले वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।