२०८३ बैशाख ७ गते , सोमबार

जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

sajilo news
पत्रपत्रिका
२०७९ कार्तिक २० गते , आईतबार
जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

झापा । विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ। विश्व बैङ्कले केही समयअघि सार्वजनिक गरेको नेपालको जलवायु तथा विकाससँग सम्बन्धित प्रतिवेदनले सन् २०५० सम्म मुलुकले अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति बेहोर्ने उल्लेख गरेको हो ।

यद्यपि यो प्रक्षेपण अत्यन्त निराशाजनक अवस्थामा हो। प्रतिवेदनअन्तर्गत जलवायु परिवर्तन र त्यसको प्रभावसम्बन्धी शीर्षकमा अर्थतन्त्रले बेहोर्ने क्षतिलाई तीन फरक तरिकाले विश्लेषण गरिएको छ, जसअनुसार आशावादी परिदृश्यमा आधार रेखाभन्दा अर्थतन्त्रले ३ प्रतिशतले क्षति बेहोर्ने अनुमान गरिएको छ। प्रतिवेदनले सन् २०२१ पछि जलवायु परिवर्तनको थप प्रभाव नहुने परिस्थितिलाई आकलन गरेर त्यसैलाई आधार रेखा मानेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार