२०८३ बैशाख ३१ गते , विहीबार

शर्मा र तामाङको संयुक्त धन्यवाद र्‍याली, सेवक बन्ने प्रतिबद्धता 

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
शर्मा र तामाङको संयुक्त धन्यवाद र्‍याली, सेवक बन्ने प्रतिबद्धता 

मेचीनगर । झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामाङको संयुक्त धन्यवाद र्‍याली बिहीबार सम्पन्न भएको छ । 

मेचीनगर ७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्‍यालीले पुण्य चोक, दोकान डाँडा, बडा खाल, भृकुटी, बौद्ध मोड, गाडा गल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान मन्दिर, खानेपानी, ६ नं बगान, सतिघट्टा, गोमनसरी, मदनवस्ती हुँदै निन्दावारिको क्षेत्र परिक्रमा गरेको थियो । 

सो अवसरमा निर्वाचित हुने शर्मा तथा तामाङले आम मतदाताबाट खादा, फूलमाला, अबिर तथा मायाका चिनो ग्रहण गर्दै हार्दिक आभार प्रकट गरेका थिए । उनीहरूले आफूलाई  विश्वास गरेर दिएको अमूल्य मतको सधैँ सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

गत ४ गते सम्पन्न निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका थिए भने प्रदेश सभामा निर्वाचित तामाङले २३ हजार ४५ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार