२०८३ बैशाख ३१ गते , विहीबार

झापामा ४६ हजार ५२४ मत बदर, कुन क्षेत्रमा कति बदर ? (सूचीसहित)

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर १२ गते , सोमबार
झापामा ४६ हजार ५२४ मत बदर, कुन क्षेत्रमा कति बदर ? (सूचीसहित)

झापा । झापामा ४६ हजार ५२४ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ २३ हजार ९६० अर्थात् ५.८१ प्रतिशत मत र प्रदेशसभा सदस्यतर्फ २२ हजार ५६४ अर्थात् ५.४५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए । 

जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ ४ लाख ३६ हजार २ सय ६६ अर्थात् ६५.७७ प्रतिशत मत र प्रदेशसभातर्फ ४ लाख ३६ हजार ५८६ अर्थात् ६५.८२ प्रतिशत मत खसेको थियो । 

प्रतिनिधिसभातर्फ ४ लाख १२ हजार ३०६ मत र प्रदेशसभातर्फ ४ लाख १४ हजार २२ मत सदर भएको सूचना अधिकारी न्यौपानेले बताए । 

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा जिल्लामा बदर मत सङ्ख्या बढेको मतगणनामा खटिएका राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् । 

मतदाताले एउटै मतपत्रमा दुई वटा भन्दा बढी स्वस्तिक छाप प्रयोग गर्नुका साथै ल्याप्चे समेत प्रयोग गरिएको मतगणनाको क्रममा भेटिएको प्रतिनिधिहरूको भनाई छ ।  २०७४ सालको आम निर्वाचनमा ५ लाख ८५ हजार १६६ मतदाता रहेकोमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको थियो । 

कुन क्षेत्रमा कति मत बदर हेर्नुहोस सूची

सम्बन्धित समाचार