२०८३ बैशाख ३१ गते , विहीबार

झापामा समानुपातिक मत : एमाले पहिलो, रास्वपा तेस्रो

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर १२ गते , सोमबार
झापामा समानुपातिक मत : एमाले पहिलो, रास्वपा तेस्रो

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा प्रतिनिधि सभा तथा प्रदेशसभा समानुपातिक मततर्फ एमाले पहिलो दल बनेको छ ।
 
प्रतिनिधि सभा समानुपातिक तर्फ दोस्रो स्थानमा नेपाली काँग्रेस, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी, चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पाँचौँ स्थानमा नेकपा (माओवादी केन्द्र) छ ।  जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले एक लाख २७ हजार ७८० मत ल्याउँदै जिल्लामै पहिलो दल बनेको हो । 

प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसले एक लाख ६८६, राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ हजार ४४४, राप्रपाले ४६ हजार ४६६ र माओवादी केन्द्रले ३१ हजार ६६६ मत पाएको छ । 

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले ५ हजार ४१०, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ९०३, जसपाले २ हजार ५५३, लोसपाले एक हजार ३७३, जनमत पार्टीले ३ हजार २९२, हाम्रो नेपाली पार्टीले ३ हजार १३५ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ७४४ मत पाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए । 
  
त्यसैगरी प्रदेशसभा समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ । एमालेले एक लाख ४० हजार २०९ मत ल्याएको छ । दोस्रो दल बनेको कांग्रेसले एक लाख ८ हजार ८०७, तेस्रो दल बनेको राप्रपाले ७१ हजार ५०० र चौथो दल बनेको माओवादी केन्द्रले २८ हजार ४९४ मत पाएको छ । 

त्यस्तै हाम्रो नेपाली पार्टीले ९ हजार ६, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ हजार ८१८, मङ्गोल नेशनल अर्गनाइजेशनले ६ हजार ९९२, जसपाले ४ हजार ५८३, जनमत पार्टीले ४ हजार ९११, एकीकृत समाजवादीले ३ हजार ९४४, लोसपाले १ हजार ३७६ मत पाएको छ । प्रदेश समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रतिस्पर्धा नगर्दा एमाले, काँग्रेस लगायतको दलको मत प्रतिनिधिसभा समानुपातिकमा पाएको भन्दा बढेको हो । 

प्रतिनिधिसभा समानुपातिकतर्फ ४ लाख ३७ हजार ९२४ मत खसेकोमा २१ हजार ९१९ अर्थात् ५.२७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३६ हजार १५० मत खसेकोमा ३५ हजार ६५५ अर्थात् ८.९० प्रतिशत मत बदर भएको छ ।   

सम्बन्धित समाचार