सुनसरी- ३ मा चौधरी निर्वाचित, गच्छदार पहिलो पटक चुनाव हारे
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजय कुमार गच्छदारले पहिलो पटक चुनाव हारेका छन् । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीसँग निर्वाचन हारेका हुन । चौधरीले ४० हजार ७८८ मत ल्याउदा गच्छदारले ३५ हजार ६०० मत पाए ।
२०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् । २०४८ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदारले नेपाली काँग्रेसबाट २७,७७५ ल्याएर विजय भएका थिए ।
त्यस्तै, २०५१ – सुनसरी क्षेत्र नम्बर २ बाट २१,९६३ मत ल्याएर विजयी भएका थिए । २०५६ – सुनसरी क्षेत्र नम्बर २ बाट २७,५२७, २०६४ – सुनसरी क्षेत्र नम्बर ३ बाट पार्टी परिवर्तन गरेर मधेशी जनअधिकार फोरम २३,७६९ ल्याएर विजयी, २०७० – सुनसरी क्षेत्र नम्बर ३ फेरि फोरम लोकतान्त्रिक १७,५२४ ल्याएर विजयी, नेपाली काँग््रेसबाट २०७४ – सुनसरी क्षेत्र नम्बर ३ बाट ३८,९७२ विजयी भएका थिए ।