२०८३ बैशाख ३१ गते , विहीबार

सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र कार्की दोस्रो पटक निर्वाचित 

sajilo news
सुनसरी
२०७९ मंसीर १५ गते , विहीबार
सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र कार्की दोस्रो पटक निर्वाचित 

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।  कार्कीले ३० हजार ४८३ मत ल्याएकोमा कुसियतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । 
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्। कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी ४ बाट चुनाव लडेर निर्वाचित भए । त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

सम्बन्धित समाचार